NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विदेशमा रहेका नेता प्रभावित पार्न रुसले करोडौं खर्चेको छ : अमेरिका

काठमाडौं । अमेरिकाले रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको आरोप लगाएको छ ।

अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको मूल्याङ्कनमा आधारित छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले भने, ‘यसबारे हामीले प्राप्त गरेको यो निकै कम जानकारी हो ।’

यद्यपि, यो जानकारीमा त्यस्ता देश र तिनका नेताको नाम भने समावेश छैन ।

अधिकारीले अमेरिकी गुप्तचर निकायले चुनिएका देशहरूलाई यसबारे गोप्य सूचना दिइरहेको बताए। यद्यपि, यो जानकारी गोप्य रहनेछ।

समाचार संस्था एएफपीका अनुसार यस विषयमा जानकारी राख्ने प्रशासनसँग सम्बन्धित सुत्रले अल्बानियामा सन् २०१७ मा सम्पन्न निर्वाचनमा सेन्टर राइट डेमोक्रोटिक पार्टीलाई ५ लाख डलर सहयोग गरेको आरोप लगाएको छ । त्यसैगरी, बोस्निा, मन्टेनेग्रो र मेडागास्करका पार्टी र उम्मेदवारलाई पनि रुसले आर्थिक सहयोग गरेको दाबी उसको छ ।

ताजा अपडेट

नेपालवाच विशेष