NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भारतमा थप पाँच हजार काेराेना संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ संक्रमित भएका हुन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ४५ हजार सात सय ४९ रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

भारतमा कोरोना भाइरस न्युनिकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाईरहेपनि दैनिक रुपमा हजारौ मानिस संक्रमित भइरहेका छन् । मृतकको संख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।