NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।