NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भ्रष्टाचार गरेको अभियोगमा सिनियर प्लम्बरविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ मा पाँच हजारसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो पाँच हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ ।