NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आजदेखि एमडीएमएस सिस्टम कार्यान्वयनमा, दर्ता नभएका मोबाइल नचल्ने

काठमाडाैं । आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयनमा ल्याएको हो ।

नेपालमा गैरकानुनी रुपमा आयात, बिक्री तथा वितरण तथा प्रयोगलाइ निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोर भएका तथा हराएका मोबाइल सेटको ट्याकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमएस सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्दैछन् ।

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालमा ती मोवाइल सञ्चालन हुने छैन ।

प्राधिकरणले यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्व: दर्ता हुनेछन् भने आज  (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने जनाएको छ ।

साथै मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिइ दर्ता भएका मोबाइल मात्र विक्रीवितरण गर्न प्राधिकरणले अनुरोध गरेको छ  ।