NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेसमा समानुपातिकतर्फ को उम्मेदवार बन्न पाउँछन् ? को पाउँदैनन् ?

काठमाडौं । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिकतर्फका उम्मेदवार चयनको मापदण्ड तय गरेको छ । संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरेको हो ।

मापदण्ड नम्बर : १

कांग्रेसले पहिलो मापदण्डमा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवा भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने प्रष्ट मापदण्ड तय गरेको हो । कांग्रेसको यो मापदण्डले स्थानीय तहको निर्वाचनमा उठेर पराजित हुनेलाई रोकेको हो ।

मापदण्ड नम्बर : २

कांग्रेसले २ नम्बरको मापदण्डमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था भएको कांग्रेसको भनाई छ ।

यसैले यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति

प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार हुन सक्नेछन् । कांग्रेसको मापदण्डले अघिल्लोपटक समानुपातिकतर्फबाट सांसद भएर फेरि समानुपातिक नै ताकेकालाई बाटो बन्द गरिदिएको हो । २०७० सालमा प्रतिनिधिसभामा कांग्रेसका ४० समानुपातिक सांसद भएका थिए ।

तर २०६४ र २०७० सालमा समानुपातिकतर्फबाट सांसद भएकालाई पुनः समानुपातिकमा दोहोरिन भने सक्ने सुविधा कांग्रेसले दिएको छ ।
कांग्रेस विधानको धारा ३३(२) मा ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा वा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’ भन्ने उल्लेख छ ।

मापदण्ड नम्बर : ३

कांग्रेसले समानुपातिक उम्मेदवारको तेस्रो मापदण्डमा पनि योग्य र नैतिक मापदण्ड बनाएको छ । ‘उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ ।’ कांग्रेसले तेस्रो मापदण्डमा भनेको छ ।

मापदण्ड नम्बर ४

कांग्रेसले ४ नम्बरको मापदण्डमा तल्लो तहबाट उम्मेदवार सिफारिसको विषयलाई उल्लेख गरेको छ ।

‘नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिने’ कांग्रेसको मापदण्डमा भनिएको छ, ‘उम्मेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ ।’