NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ज्याकलिनलाई ठग प्रेमीको ५० लाखको घोडा र बिरालो उपहारबारे प्रहरीको आठ घण्टे सोधपुछ

एजेन्सी । ‘मनी लन्ड्रिङ’ प्रकरणमा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई सोधपुछ गरिएको छ । हाल उनका प्रेमी भनिएका सुकेश चन्द्रशेखरमाथि दुई सय करोड रूपैयाँ ठगीको आरोप छ ।

सोही केसमा अनुसन्धान हुँदा सुकेशको सम्पर्कमा आएका ज्याकलिन र पिंकी इरानीसँग पनि प्रहरीले सोधपुछ गरेको हो । दिल्ली प्रहरीको इकोनोमिक अफेन्सेस विंगले उनीहरूसँग आठ घण्टा लगाएर गरेको सोधपुछमा सय भन्दा बढी प्रश्न गरेको थियो ।

सुरूमा दुवैलाई छुट्टै राखेर सोधपुछ गरिएपनि पछि भने दुवैलाई सँगै राखेर प्रश्न गरिएको थियो । यद्यपी उनीहरू दुवैको जवाफमा समानता थिएन । ज्याकलिनले कयौं प्रश्नको जवाफ दिन नसकेको जनाइएको छ ।

बलिउड सञ्चारमाध्यमले जनाएअनुसार दिल्ली प्रहरीले ज्याकलिनसँग सुकेश चन्द्रशेखरसँगको सम्बन्ध, उनलाई सुकेशले दिएका महंगा उपहार, दुईजनाको भेटघाट र एकअर्कालाई कहिलेबाट चिनेका हुन् भन्नेबारे प्रश्न गरिएको थियो । इकोनोमिक अफेन्सेस विंगका जोइन्ट कमिस्नर छाया शर्मा र स्पेसल कमिस्नर रविन्द्र यादवको अगुवाइमा ६ जनाको टोलीेले ज्याकलिनलाई प्रश्न गरेको थियो ।

सुकेशले ज्याकलिनलाई एस्पुएला नाम गरेको ५० लाख पर्ने घोडा र ९–९ लाख रूपैयाँको दुईवटा बिरालो उपहार दिएका थिए । यसवाहेक गुची ब्राण्डको तीनवटा ब्याग, दुईवटा जिम वेयर, लुई भिटनको एक जोडी जुत्ता, हिराको दुई जोडी बाला, मणिकको एक ब्रेसलेट, दुईवटा हेमीज ब्रासलेट र एक मिनी कपूर कार उपहार स्वरूप दिएका थिए ।

प्रहरीसँगको सोधपुछमा ज्याकलिनले सुकेशसँग आफू सम्बन्धमा रहेको कुरा स्वीकार गरेकी थिइन् । प्रहरीले भने ज्याकलिनलाई सुरूदेखि नै सुकेश ठग भएकोबारे जानकारी हुन सक्ने शंका गरेको छ ।

सुकेशसँग जोडिएको केसमा सबैभन्दा पहिला दिल्ली प्रहरीले उनीविरूद्ध उजुरी दर्ता गरेको थियो । सोही उजुरीमाथि प्रहरीको इकोनोमिक अफेन्सेस विंगले गत अगस्टमा छानबिन सुरू गरेको हो । उनीमाथि रेनबेक्सीका पूर्व प्रवद्र्धक शिविन्दर सिंह र मालविन्दर सिंहलाई जेलबाट बाहिर निकाल्ने आश्वासन दिँदै सिंहका श्रीमतीबाट दुई सय करोड भन्दा बढी रकम ठगी गरेको आरोप छ ।

सुकेश आफूलाई कहिले प्रधानमन्त्री कार्यालय त कहिले गृह मन्त्रालको अधिकारी भएको बताउँदै आएका थिए ।