NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भारतले जित्यो यु-१७ साफको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौं । श्रीलंकामा भएको भएको साफ यु–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

कोलम्बोमा बुधबार राति भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । फाइनलमा पराजित भएसँगै नेपाल भने उपविजेतामा सीमित भएको छ ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोऊ सिंह र अमनले एक एक गोल गरेका थिए ।

खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भएको हो ।

यससँगै भारतले लगातार दोस्रो पटक यु-१७ साफको उपाधि जितेको छ ।