NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जमैकाबाट बेपत्ता भएका सन्दीप कहाँ के गर्दैछन् भन्नेबारे नयाँ खुलासा !

काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेविरुद्ध एक १७ वर्ष ७ महिनाकी किशोरीले बलात्कारको आरोप लगाएपछि नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेको पनि पाँच दिन बितिसकेको छ । गत भदौ २३ मा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपले आरोपको सामना गर्न आफू चाँडै नेपाल आउने बताएका थिए ।

जमैकामा रहेका सन्दीप त्यहाँबाट हिँडिसकेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार नै जानकारी दिइसकेका छन् । तर, यत्रो दिन बितिसक्दा पनि उनी आइपुगेका छैनन् ।

कतिपयले सन्दीप भारतको बाटोहुँदै सुटुक्क नेपाल आएर प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरे । यसको दाबी क्याननिकट स्रोतले नै नेपालवाचसँग गरेको थियो । तर, यो अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

बुधबारमात्र सन्दीप जमैकाबाट युएई गएको दाबी आएको थियो । तर, त्यो पनि पुष्टि हुन सकेन ।

यसैबीच, बिहीबार सन्दीपबारे नयाँ खुलासा आएको छ । यो खुलासा नाम नभन्ने सर्तमा उनीनिकट स्रोतले नै गरेको हो ।

स्रोतका अनुसार सन्दीप यतिबेला सिंगापुरमा छन् । त्यहाँ बसेर उनी आफूविरुद्धको आरोपको सामना गर्न परामर्शमा छन् । उनले अन्तर्राष्ट्रिय अधिवक्ताहरूसँग छलफल गरिरहेको बुझिएको छ ।

स्रोतले दाबी गरेअनुसार नेपालबाट पनि एकजना अधिवक्ता सिंगापुर पुगेका छन् । अहिले सन्दीपले उनीसँग प्रत्यक्ष र अन्य नेपालका वकिलहरूसँग विभिन्न माध्यमले परामर्श गरिरहेका छन् ।

आरोप सामना गर्न तयार भएर सन्दीप आगामी असोज ५ गते नेपाल आउने बताइएको छ ।

यता, प्रहरी र क्यानले भने सन्दीप आफूहरूको सम्पर्कमै नभएको दाबी गरिरहेको छ ।

जमैकाबाट सन्दीप बेपत्ता !