NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बाजुरामा बालबालिकालाई दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरा । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ ।

पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ ।

पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ ।

स्वास्थ्यचौकी प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य सस्था मार्फत् खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ । पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो ।

खोप नलाउँदा कोरानो जोखिम उच्च हुने र सङ्क्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष