NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्ता छन् चिया सिडका फाइदा

काठमाडौं । अहिले धेरै मानिस चिया सिडको प्रयोग गर्छन् । चिया सिडमा फाइबर, प्रोटिन, क्याल्सियम, म्यांगनीज, ओमेगा ३ फ्याटी एसिड, फस्फोरस र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। जसले गर्दा प्रजनन शक्ति बढाउन, तौल घटाउनुका साथै पाचन र हड्डीसम्बन्धी समस्यामा पनि यो फाइदाजनक छ । यसको प्रयोगले कोलेस्ट्रोलको मात्रासमेत नियन्त्रण हुन्छ ।

यसका फाइदा

प्रजनन शक्तिमा वृद्धि

तनावको सबैभन्दा बढी असर प्रजनन क्षमतामा पर्छ। चिया सिडले प्रजनन शक्ति बढाउन सहयोग गर्नुका साथै आवश्यक पर्ने फ्याटी एसिड प्रदान गर्छ ।

तौल घटाउन सहयोग

चिया सिडमा फाइबर र प्रोटिन भरपूर हुन्छ। यसको प्रयोगले पाचन प्रणालीलाई स्वस्थ राख्न र छिट्टै तौल घटाउन मद्दत गर्छ। यसका साथै यसले अपच, कब्जियत र ग्यासको समस्यामा पनि राहत दिन्छ।

छाला र कपालको लागि लाभदायक

यसमा प्रोटिन र म्याग्नेसियम प्रसस्त्र मात्रामा हुने भएकाले यो छाला तथा कपालको लागि पनि फाइदाजनक छ । यसले छालालाई चम्किलो र दागरहित बनाउनुका साथै कपाल नरम बनाउँछ ।

राम्रो निन्द्रका लागि चिया सिड

यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त हुने भएकाले चिन्ता, तनाव र अनिद्राको समस्यालाई कम गर्छ। उच्च रक्तचाप भएकामा पनि यसको प्रयोगले फलदायी मानिन्छ ।

शरीर स्वस्थ राख्न

यसमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा धेरै हुनाले यसको प्रयोगले शरीर स्वस्थ हुन्छ । हड्डीसँग सम्बन्धित धेरै रोगसमेत चिया सिडले कम गर्छ । यसमा क्याल्सियम र फस्फोरस पाइन्छ, जसले हड्डी बलियो बनाउन सहयोग गर्छ। यसलाई स्मूदी वा फलफूलसँग मिलाएर खान सकिन्छ ।