NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बेन्जेमा र पोग्बा छैनन् फ्रेन्च टोलीमा, यी दुईले गरे पुनरागमन

काठमाडौं । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले युइएफ नेसन्स लिगअन्तर्गत अष्ट्रिया र डेनमार्कविरुद्ध खेल्ने २३ सदस्यीय फ्रेन्च राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् ।

टोलीमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमा र युभेन्टसका मिडफिल्डर पाउल पोग्बा समेटिएका छैनन् । उनीहरू दुवैलाई इन्जुरीका कारण टोलीमा नसमेटिएको प्रशिक्षक डेसच्याम्सले बताएका छन् ।

बेन्जेमा गत हप्ता च्याम्पियन्स लिगको खेलमा घाइते भएका थिए भने पोग्बा गत महिना । पोग्बाले विश्वकप नै गुमाउने सम्भावना रहेको बताइएको छ ।

बेन्जेमा र पोग्बा नहुँदा साविक विश्वकप विजेता फ्रान्सको टोलीलाई क्षति पुग्ने विश्लेषण गरिएको छ ।

फ्रेन्च टोलीमा एसी मिलानका ओलिभियर जिरुड र बार्सिलोनाका उस्मान डेम्बेलेले पुनरागमन गरेका छन् । जिरुडले लामो समयपछि फ्रान्सको टोलीमा पुनरागमन गरेका हुन् ।

फ्रान्सले यही सेप्टेम्बर २२ मा अष्ट्रिया र २५ मा डेनमार्कविरुद्ध खेल्दैछ । यी दुई खेललाई विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । विश्वकपमा पनि फ्रान्स र डेनमार्क एउटै समूहका छन् ।

यसैगरी, नेसन्स लिगका लागि स्पेन, जर्मनी, पोर्चुगल, इंग्ल्याण्डजस्ता अन्य ठूला टोलीले पनि स्क्वाड घोषणा गरिसकेका छन् ।

यस्तो छ फ्रेन्च टोली :

Goalkeepers: Hugo Lloris (Tottenham Hotspur), Mike Maignan (AC Milan), Alphonse Areola (West Ham United)

Defenders: Benoit Badiashile (Monaco), Jonathan Clauss (Marseille), Theo Hernandez (Milan), Jules Kounde (Barcelona), Ferland Mendy (Real Madrid), Benjamin Pavard (Bayern Munich), William Saliba (Arsenal), Dayot Upamecano (Bayern Munich), Raphael Varane (Manchester United)

Midfielders: Eduardo Camavinga (Real Madrid), Youssouf Fofana (Monaco), Matteo Guendouzi (Marseille), Adrien Rabiot (Juventus), Aurelien Tchouameni (Real Madrid)

Attackers: Olivier Giroud (AC Milan), Ousmane Dembele (Barcelona), Kylian Mbappe (Paris Saint-Germain), Antoine Griezmann (Atletico Madrid), Randal Kolo Muani (Eintracht Frankfurt), Christopher Nkunku (RB Leipzig)

पोर्चुगलको टोलीमा फेलिक्सको पुनरागमन, नाम चलेका यी खेलाडीलाई भने छैन स्थान

अर्जेन्टिनी टोलीमा नयाँ अनुहारलाई अवसर, यी चारजना भने अटेनन् (खेलाडीको सूचीसहित)