NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

देशभर थपिए ११० जना नयाँ संक्रमित, एकको मृत्यु

काठमाडौं । देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार १२६ संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८५ हजार १ सय ३ पुगेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयको अनुसार गएको २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १२ हजार १६ पुगेको छ भने आज थप २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.