डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा आज वार्ता टोली गठन गरेको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा. केसी धनगढीमा पाँचदिनदेखि अनसनमा छन् ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताइएको छ ।
ताजा अपडेट
-
सुप्रिम सहकारीको ठगीमा जिबी राईसँगै गाउँपालिका उपाध्यक्ष पनि फरार
-
सुदुरपश्चिममा मुख्यमन्त्री चुन्न फेरि समस्याः समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !
-
प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ
-
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
-
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु
प्रतिक्रिया