NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १७ गते

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, १० अझै बेपत्ता

काठमाडौं । पहिरोले घर पुरिँदा अछाममा ८ जनाको मृत्यु भएको छ । घर पुरिएर बेपत्तामध्ये ६ जना मृत भेटिएपछि मृत्यु हुनेको संख्या ८ पुगको हो । यसअघि तुर्माखाँद गाउँपालिका–५ मा पनि पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो । अछाममा पहिरोमा पुरिएर अझै १० जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, अछामले कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको जनाएको छ ।

तुर्माखाँद गाउँपालिका–५, नाडामा गएको पहिरोले अझै १० जना बेपत्ता छन् । बेपत्ताको खोजी र पीडितको उद्धारका लागि प्रहरी अहिले घटनास्थल पुगेको छ ।