NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भारतले आठ नामिबियाई चितुवा जङ्गलमा छाड्यो

काठमाडौं (एजेन्सी) । भारतले शनिबार आठ नामिबियाई चितुवाहरूलाई जङ्गलमा छाडेको छ ।

स्थानीय टेलिभिजनमा देखाइएअनुसार दशकौं अघिदेखि लोप हुँदै गएका ती प्रजातिका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाङ्क्षी परियोजनाअन्तर्गत सो कार्य अगाडि बढाइएको हो।

राजधानी नयाँ दिल्लीको दक्षिणमा रहेको अभयारण्य कुनो राष्ट्रिय निकुञ्जमा आयोजित सो समारोह प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको थियो।