NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सर्वोच्च जाने तयारी गर्न सुरक्षाकर्मीलाई चोलेन्द्रको निर्देशन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् । प्रतिनिधिसभाको म्याद सकिएसँगै महाभियोग निष्क्रिय भएको निष्कर्षमा पुगेका चोलेन्द्र सर्वोच्च फर्कन लागेका हुन् ।

चोलेन्द्रले अहिले बिहान ११ बजे त्यसतर्फ जाने गरी तयारी गर्न आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई निर्देशन दिएका छन् ।

स्रोतका अनुसार, चोलेन्द्रका पिएसओले यसको जानकारी सुरक्षा निकायलाई दिएका छन् ।

चोलेन्द्र सर्वोच्च फर्कने तयारीमा लागेपछि अदालतमा पुनः मुठभेडको सम्भावना देखिएको छ । कानून व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसन चोलेन्द्रलाई प्रवेश गर्न नदिने निर्णय गरेर अहिले प्रदर्शन गरिरहेको छ ।

सर्वोच्च परिसरको स्थिति बिग्रने संकेतपछि बिहानैदेखि प्रहरीले त्यहाँ सुरक्षा तैनाथी बढाएको छ ।