NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विश्वकपको प्रत्यक्ष प्रशारण गर्न मिडिया हबले कति खर्चियो ?

काठमाडौं । यसै वर्ष अर्थात सन् २०२२ मा कतारमा विश्वकप फुटबलको महाकुम्भ हुँदैछ । विश्वकप नोभेम्बर २० देखि सुरु भएर डिसेम्बर १८ सम्म एसियाली देश कतारमा चल्नेछ ।

विश्वकपका खेलहरूलाई प्रायः विश्वभरी नै प्रत्यक्ष प्रशारण गरिने छ ।

सन् १९८६ देखि नेपालले पनि विश्वकप प्रशारण गर्दै आएको छ । योपटक यसको जिम्मा मिडिया हबले लिएको छ ।

मिडिया हबले २० करोड रुपैयाँ खर्च गरेर नेपालका लागि विश्वकपको प्रत्यक्ष प्रशारणको अधिकार लिएको हो । सबै जोड्दा ४० करोड जति खर्च हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।