NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उच्च अदालतको आदेश: टुकुचा मिचेर बनाइएका संरचना नभत्काउनू

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका भवन नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरले टुकुचा खोला खोज्ने क्रममा जय नेपाल हलको कम्पाउण्डमा खोला भेटिएपछि त्यसमाथि बनेका संरचना धमाधम भत्काउन सुरू गरिएको थियो ।

महानगरको यो कदमविरूद्ध प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्सका निर्देशक भोलाविक्रम थापालगायतले शुक्रबार रिट दायर गरेका थिए ।

आज उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टमेन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्सको नाममा भएको जग्गामा बनेका घरहरू नभत्काउन आदेश जारी गरेको हो ।

अदालतले आगामी असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।