NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेले छान्यो समानुपातिक उम्मेदवार: कुन प्रदेशमा कति ?

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार बन्दसूची तयार पारेको छ ।

ओली निवास बालकोटमा आइतबार बसेको सचिवालय बैठकले संघ समावेशी क्लस्टर मिलाएर एक सय १० जनाको नामवाली तयार पारेको हो । एमालेका प्रचार विभार प्रमुख पृथ्वी सुब्बा गुरूङका अनुसार उक्त नामवाली भोलि निर्वाचन आयोगमा बुझाइने छ ।

गुरूङका अनुसार एक सय १० जनाको नाम प्रस्ताव हुँदा आधा–आधा महिला पुरूषसहित आदिवासी जनजाति ३२, खस आर्य ३४ जनाको नामवाली तयार गरेको हो ।
त्यस्तै, थारूतर्फ ७ जना(चार महिला, तीन पुरूष), दलिततर्फ १५ जना(८ महिना ७ पुरूष),मधेशी क्लस्टरमा १७ जना(९ जना महिला, ८ जना पुरूष), मुस्लिमतर्फ पाँच जना(३ महिला, २ पुरूष) गरेर महिला ९७ जना हुने गरी एक सय १० जना समानुपातिकतर्फका उम्मेदवारको नामावली प्रस्ताव गरिएको छ ।

त्यस्तै, प्रदेशसभा अन्तर्गत प्रदेश १ मा २० जना महिला नघट्ने गरी ३७ जनाको नाम तयार भएको छ । मधेश प्रदेशको लागि २३ जना महिलासहित ४३ जनाको नाम प्रस्ताव भएको छ ।

वागमती प्रदेशतर्फ आदिवासी जनजाती २३ जना(१२ महिला ११ पुरूष), खस आर्यतर्फ १६ जना(८ महिला ८ पुरूष), थारूतर्फ एकजना महिला, दलिततर्फ तीनजना(दुई महिला एक पुरूष), मधेशीतर्फ एकजना महिला र मुस्लिमतर्फ ४४ जनामा २४ जना महिलासहितको नामवाली तयार भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा आदिवासी जनजातीतर्फ ११ जना (६ महिला ५ पुरूष), खसआर्यतर्फ ९ जना(पाँच महिला, चार पुरूष), दलिततर्फ दुई महिला दुई पुरूष गरेर चारजना गरेर २४ जनाको नामवाली तयार भएको छ । जसमा महिला १३ जना रहने छन् ।

लुम्बिनी प्रदेशतर्फ आदिवासी जनजातीबाट ७ जना(चार महिला ३ पुरूष), खस आर्यतर्फ १७ जना(९ महिला ८ पुरूष), थारूतर्फ ५ जना(३ महिला २ पुरूष), मधेशीमा पाँचजना(३ महिला २ पुरूष) र मुस्लिममा तीनजना(२ महिला १ पुरूष)को नामवाली तयार भएको छ । तीनजना अल्पसंख्यकसहित महिला २० जना नघट्ने गरी ३० जनाको नामवाली तयार भएको छ ।

यसैगरी, कर्णाली प्रदेशमा आदिवासी जनजाती एकजना महिला, खसआर्यतर्फबाट पाँच महिला पाँच पुरूष, दलिततर्फ दुई महिला÷दुइ पुरूष गरेर चारजनाको नामावली तयार भएको छ । १६ जनामध्ये पाँचजना पिछडिएको क्षेत्रसमेत रहनेगरी र बढीमा आठजना महिला रहने गरी नामवाली तयार भएको हो ।

सुदूरपश्चिमको लागि आदिवासी जनजातीको एकजना महिला, खसआर्यतर्फ ६ जना महिला/६ जना पुरूष, थारूतर्फ दुईजना महिला र दुईजना पुरूष र दलिततर्फ दुईजना महिला र दुईजना पुरूष, मधेशी एकजना र मुस्लिम एकजना महिला गरेर २१ जनाको नामावली तयार भएको छ ।

त्यसमा तीनजना पिछडिएको क्षेत्रसहित महिला ११ जना रहनेगरी प्रदेशसभाका लागि दुई सय २० जनाको नामवाली तयार भएको हो ।