NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरकारले खोस्यो चोलेन्द्रका निजी सुरक्षाकर्मी र सरकारी गाडी

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई निजी सुरक्षाकर्मी (पिएसओ) र सरकारी गाडी खोसेको छ ।

गृह मन्त्रालयको आदेशमा प्रहरीले आज राणाका सुरक्षार्थ खटिएका दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।

साथै, सरकारले राणाले औपचारिक कार्यक्रममा चढ्ने भिआइपी कार र पछुवाका रुपमा प्रयोग हुने जिप पनि फिर्ता लिएको छ ।

शनिबार संसद्को अधिवेशन सकिएसँगै निलम्बित न्यायाधीश राणाले सर्वोच्च अदालत जान खोजेका थिए । तर, प्रहरीले नजरबन्द गरेपछि राणा निस्कन नपाएको उनीपक्षको भनाइ छ ।

चोलेन्द्रपुत्रीको बयान– मान्छे मारेर लुकाएजस्तो व्यवहार भयो, स्कुलबाट केटाकेटी ल्याउन पनि दिइएन