NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन तोलामा ९० हजार ९ सय रुपैयाँ कायम छ ।

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।