NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ऐतिहासिक उपाधिको लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र बंगलादेश खेल्दैछन् । आज साँझ ५ बजे दशरथ रंगशालामा यो प्रतियोगिताको फाइनलमा पहिलोपटक नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् । नेपालले यस अघि चारपटक फाइनल खेले पनि भारत तगारो बनेको थियो ।

जसले जिते पनि नयाँ विजेता बन्नेछ । किनकी यी दुवै टिमले अहिलेसम्म यो उपाधि जित्न सकेका छैनन् ।

बंगलादेशले पनि समूह चरणमा भारतलाई ३–० गोलले स्तब्ध पारेको थियो । समूह चरणमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–० र भारतलाई ३–० गोल अन्तरले बंगलादेशले पराजित गरेको थियो । सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले पराजित गर्न बंगलादेश सफल भएको थियो । यसैले नेपालसँग खेल्नु अघि बंगालादेश टिम उत्साही देखिएको छ ।

यो प्रतियोगितामा बंगलादेशले अहिलेसम्म एक गोल पनि आएको छैन । नेपालले भुटानलाई ४–०, श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो । दुवै टिमले यो प्रतियोगितामा गोल खाएका छैनन् ।