अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न इरान तयार : प्रवक्ता
काठमाडाैं । अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिएका हुन् ।
इरानी समाचार समिति, इस्नासँग उनले भनेका छन्, ‘हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।
उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए । यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि सो समाचार समितिसँग उनले दिएका छन् ।
ताजा अपडेट
-
सुप्रिम सहकारीको ठगीमा जिबी राईसँगै गाउँपालिका उपाध्यक्ष पनि फरार
-
सुदुरपश्चिममा मुख्यमन्त्री चुन्न फेरि समस्याः समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !
-
प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ
-
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
-
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु
प्रतिक्रिया