NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

म्याड्रिड डर्बीमा जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लियो, के छ प्रमुख प्रतिद्धन्द्धी बार्सिलोनाको अवस्था ?

काठमाडौं । म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडविरुद्ध जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

साविक विजेता रियललाई जित दिलाउन ब्राजिलियन फरवार्ड रोड्रिगो र उरुग्वेयन मिडिफिल्डर फेडेरिको भाल्भर्डेले समान एक गोल गरे ।

घरेलु टोली एट्लेटिकोका मारियो हेर्मेसोले सान्त्वना गोल फर्काए ।

यस जितसँगै ६ खेलमा १८ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको रियलले प्रमुख प्रतिद्धन्द्धी बार्सिलोनालाई २ अंकले उछिनेको छ ।

जारी सिजन रियलले ला लिगामा शतप्रतिशत जित निकोलेको छ ।

दोस्रो स्थानमा झरेको बार्सिलोनाले समान ६ खेलबाट १६ अंक जोडेको छ । बार्सिलोना पनि अपराजित छ । तर, उसले १ खेल बराबरी खेलेको छ ।

ला लिगाको तेस्रो स्थानमा रियल बेटिस तथा चौथो स्थानमा एट्लेटिको बिल्बाओ छन् । ला लिगाका शीर्ष ४ टोली च्याम्पियन्स लिगमा छनोट हुने प्राबधान छ ।

यता, रियलसँग पराजित एट्लेटिको भने मात्र १० अंक जोडेर लिगको सातौं स्थानमा मात्र छ ।