NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

किचन गार्डेनिङले यसरी बचाउँछ खाद्य समस्याबाट

खानेकुरा र स्वस्थ मानवजीवनका दुई आधारभूत सत्य रहेको केही विज्ञले बताउने गरेका थिए । कोरोना भाइरस प्रकोप आएपछि गर्नुपरेको लकडाउनको अवस्थाले नै यसको पुष्टि गरिसकेको छ । कोरोना फैलनुअघि दिगो खानाको सुविधा र पोषण अध्ययन मात्र सीमित थिए । तर, कोरोना कहरसँगै यो दैनिक आवश्यकता बनेको छ ।

– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानवजीवनमा कोरोनाजस्ता महामारी फेरि पनि आउनसक्ने भएकाले खाद्यान्नको जोहो गर्नुपर्ने औँल्याएको छ ।

-विज्ञहरूका अनुसार कोरोनापछि भएको लकडाउन र यसपछिको समयमा खाद्यक्षेत्रमा ठूलो असर परेको छ । यद्यपि, किचन गार्डेनलाई खाद्य संकटबाट बच्ने एउटा उपाय उनीहरूले मानेका छन् । कोरोना महामारीमा किचन गार्डेन भएका घरमा खाद्यन्नको समस्या नभएको बताइन्छ । कोरोनाले सिकाएको पाठले धेरैलाई किचन गार्डेनिङका लागि प्रोत्साहन गरेको देखिन्छ ।

किचन गार्डेनिङबाट परिवारका लागि आवश्यक तरकारी उत्पादन हुन्छ । फलस्वरूप, प्राकृतिक र विषादीमुक्त तरकारी खान पाइन्छ ।

यसका फाइदा

-‘किचेन गार्डेनिङ’मार्फत घरबाट निस्कने फोहोरलाई मलमा परिणत गर्न सकिन्छ । यसले जल तथा जमिन प्रदूषणलाई घटाउन मद्दत गर्छ । साथै यसको फाइदा पर्यावरणसँग पनि जोडिएको छ ।

-किचन गार्डेनिङबाट परिवारका लागि आवश्यक सब्जी उत्पादन हुन्छ । फलस्वरूप, अर्गानिक र विषादीमुक्त सब्जी खान पाइन्छ ।

-बालबालिकालाई सब्जी कहाँबाट कसरी उत्पादन हुन्छ भन्नेजस्ता कुराको ज्ञान हुन्छ । यसले उनीहरूमा व्यावहारिक ज्ञानसमेत बढाउँछ ।