NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

काठमाडाैं । आगामी मंसिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको संख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताए । भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको संख्या बढी रहेको उनले जानकारी दिए ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उहाँले जानकारी दिए ।