NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपालले बंगलादेशसँग खायो दोस्रो गोल

काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालले दोस्रो गोल खाएको छ । खेलको १३ औं मिनेटमा पहिलो गोल खाएको नेपालले ४१ औं मिनेटमा दोस्रो गोल खाएको हो ।

पहिलो हाफ सकिनै लाग्दा नेपालले गोल खाएपछि नेपाल २–० ले पछि परेको छ । आफ्नै नियन्त्रणमा रहिरहेको बल नियन्त्रणमा कमजोरी गर्दा नेपालले दोस्रो गोल खाएको हो । बल नियन्त्रण गर्नुको सट्टा अफसाइड अपिलमा खेलाडी व्यस्त हुँदा नेपालले आफ्नै कमजोरीले दोस्रो गोल खाएको हो ।

अब नेपाललाई खेलमा फर्किन अब दाेस्राे हाफमा बराबरीका लागि कम्तिमा दुई गोल चाहिने भएको हो । जित्न तीन गोल चाहिने छ ।