NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामा सीमित

काठमाडौं । नेपालमा जारी महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा घरेलु टोली नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

खेलको १४ औँ मिनेटमै बंगलादेशले अग्रता लिएको थियो । सामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

खेलको ४२ औँ मिनेटमा कृष्णारानी सरकारले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको ७० औँ मिनेटमा नेपालले खेलमा फर्कने प्रयास गर्यो । नेपालकी अनिता बस्नेतले गोल गर्दै खेल २-१ मा ल्याइन् ।

तर, बंगलादेश यतिमै रोकिएन । ७७ औँ मिनेटमा पुनः कृष्णारानीले गोल गरिन् । यसपछि बंगलादेशले खेल ३-१ ले जित्यो ।

यो महिला साफ च्याम्पियनसिपमा बंगलादेशले जितेको पहिलो उपाधि हो । हारसँगै नेपाल उपविजेतामा सीमित बनेको छ । नेपालले पाँचौपटक फाइनल गुमाएको हो ।

ऐतिहासिक उपाधिको लागि बंगलादेशसँग भिड्दै नेपाल