NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरियामा नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । सोही घटनामा कोरियाका अर्का एक नागरिकको पनि मृत्यु भएको छ ।

छुङ्छननाम्दोस्थित छङ्याङ्गुनको बंगुरफार्ममा काम गर्ने लमजुङका इन्द्र गुरुङको औद्योगिक दुर्घटनामा परी शुक्रबार मृत्यु भएको हो ।

मलमूत्र जम्मा भएर जाने पाइप मर्मतका क्रममा दुर्घटनामा परी मृत्यु भएको लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइवाले जानकारी दिए ।

कोरियामा औद्योगिक दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउँदै आएका छन् । दुई वर्षअघि पनि बंगुर फार्ममा काम गर्ने एक नेपालीको विषाक्त ग्यासका कारण मृत्यु भएको थियो ।