NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अमेरिकाले हस्तान्तरण गर्यो अन्तिम अफगान कैदी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो बे कैँदी शिबिर (डिटेन्सन क्याम्प) बाट रिहा भएका अन्तिम अफगान कैदीलाई सोमबार अफगानिस्तानको तालिवान प्रशासनलाई हस्तान्तरण गरिएको अफगानिस्तचानको राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।

“ग्वान्टानामो बेका अन्तिम अफगानी हाजी बशीर नुरजाईलाई रिहा गरिएको छ र उहाँलाई आज काबुल विमानस्थलमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ,” रिपोर्टमा भनिएको छ ।

क्युबाटापुमा रहेको अमेरिकी ग्वान्टानामो बे नौसैनिक शिबिरमा रहेको ग्वान्टानामो जेलमा १७ वर्षसम्म थुनिएका अन्तिम अफगानीमध्ये नुरजाई पनि एक भएको रिपोर्टमा उल्लेख छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य आक्रमणपछि कब्जामा लिएका सेनाले आतंकवादी सञ्जालसँग सहकार्य गरेको आरोपमा सयौं अफगानीलाई पक्राउ गरेका थिए र उनीहरूलाई वर्षौंसम्म ‘ग्वान्तानामो बे डिटेन्सन क्याम्प’मा राखेका थिए ।