NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पूर्वी युक्रेनमा शक्तिशाली विस्फोट, १३ को मृत्यु

काठमाडौं (एजेन्सी) । पूर्वी युक्रेनी सहर डोनेट्स्कमा श्रृंखलाबद्ध विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । यी क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन्।

रुस समर्थित मेयरले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन्।

एलेक्सी कुलेमजिनले युक्रेनको गोलाबारीका कारण मृत्यु भएको बताए । तर, अहिलेसम्म युक्रेनबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।

डोनेट्स्कमा सन् २०१४ देखि रुस समर्थित विद्रोहीले कब्जा जमाएको छ ।

उनले युक्रेनी सेनाले लगातार उत्पीडन गरिरहेको आरोप लगाएका छन् ।

यस क्षेत्रमा भएका घटनाक्रम र दावीहरूको स्वतन्त्र अनुसन्धान गर्न अलि गाह्रो छ। स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कको कुइबिशेभस्की जिल्लामा १५० एमएमको नौ गोला प्रहार गरिएको थियो। यो हमला सहरको पश्चिमी क्षेत्रको एउटा गाउँबाट गरिएको हो ।

स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजानी बस स्टप, पसल र बैंकमा सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्।

रुसी सेनाले फेब्रुअरीमा सुरु लडाइँपछि दक्षिणको डोनेस्क क्षेत्र कब्जा गरेको थियो, तर शहरको बाहिरी भागबाट युक्रेनी सेनाहरूलाई पछाडि धकेल्न संघर्ष गरिरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष