NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार यसको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ थियो । त्यस्तै, आज तेजाबी सुन तोलामा ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम छ । यसको मूल्य सोमबार ११ सय ७५ रुपैयाँ थियो ।