NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डा. केसीको अवस्था जटिल बन्दै गएपछि काठमाडौं ल्याइदैँ

काठमाडौं । धनगढीमा २०औं सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने भएको छ ।

९ दिनदेखि स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न ७ बुँदै माग राख्दै अनसन बसेका केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति जारी गर्दै थप जटिलता हुन सक्ने भएकाले बहुविशेषज्ञ विशिष्टिकृत अस्पताल लैजान सम्बन्धित निकायलाई आग्रह गरेकाे छ।