NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फोनपेले ल्यायो ‘चाडवाडमा जीवन सहज बनाउँ,नगद छोडौँ फोनपे गरौँ’ योजना : एक लाख जित्ने अवसर

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ ।

यस योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद एक लाख रूपैयाँ जित्न सकिनेछ । यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागू हुने जनाएको छ ।

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कात्तिक १२ गते ४० दिनसम्मका लागि लागू हुनेछ।

फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेन्ज एसेप्ट गर्नुपर्नेछ। यस योजनामा अन्य केही सर्तहरुसमेत लागू हुनेछन्।

यसैगरी फोनपेले दसैँको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ। फोनपेमार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपेमार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एकजनाले हेलिकप्टरमा गोसाइँकुण्ड घुम्न पाउनेछन्।

यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कात्तिकसम्म पहिलोपटक क्युआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशत अर्थात् ३०० रूपैयाँसम्म छुट पाइनेछ । यसैगरी सानिमा बैंकका ग्राहकले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् १०० रूपैयाँ सम्म छुट पाउनेछन्।

यस्तै गरीमा विकास बैंक र एनसीसी बैंक, एनआइसी एसिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्यूआर गर्दा १० प्रतिशत अर्थात् १०० रुपैया सम्म छुट पाइनेछ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु‍। १०० छुट प्राप्त गर्न सकिनेछ।

आइएमई पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्यूआर गर्दा १० प्रतिशत अर्थात् रु। १०० सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यस्तै माछापुच्छ्रे बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।

यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।

फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। एक करोड ५० लाख भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।