NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

जाम्बियामा दुर्घटनाबाट २३ महिलाको मृत्यु

लुकासा । सवारी दुर्घटनामा परी अफ्रिकी देश जाम्बियामा २३ महिलाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए । अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भइ पहाडबाट तल खसेको हो ।

सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे ।

दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किदै गरेको पनि उहाँले जानकारी दिए ।

घटनाका बारेमा जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उनले बताए ।

घटनामा बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि उनले जानकारी दिए । घटनाका बारेमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने पनि उनको भनाई छ ।

घटनाप्रति जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।