NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बुधबारसम्ममा सिट फाँडफाँडबारे सहमति जुट्ने गठबन्धनको दाबी

काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँडको कुरा मिलाउन भन्दै सत्ता गठबन्धनका नेताहरूले फेरि छलफल थालेका छन् ।

उनीहरूले मंगलबार बिहान र साँझ गरी दुईपटक सिट बाँडफाँडबारे छलफल गरेका हुन् ।

सोमबार बन्दसूची बुझाएका गठबन्धनमा आबद्ध दलहरूले बुधबारसम्ममा सहमति गर्ने गृहकार्यमा लागेको बताइएको छ ।

बुधबारसम्ममा जसरी भए पनि सहमति जुटाउने एक नेताले दाबी गरे ।

यसअघि पनि गठबन्धनका नेताले पटक-पटक सहमति जुटाउने प्रयास गरेका थिए । तर, अधिकांश दलका नेता आ-आफ्नै अडानमा रहँदा सहमति जुट्न सकिरहेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष