NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
भारत

सडक किनारामा सुतिरहेकामाथि ट्रक गुड्यो, ४ को मृत्यु, २ घाइते

काठमाडौं । दिल्लीमा सडक छेउमा सुतिरहेकामाथि ट्रक गुड्दा चार जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते छन् ।

डिभाइर नजिक सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको र दुईको घटनास्थलमै मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन् ।

प्रहरीका अनुसार, अहिलेसम्म ट्रकको पहिचान खुलेको छैन ।

दिल्ली सीमापुरीको डिटिसी डिपो रेड लाइट पार गर्ने क्रममा दुर्घटना भएको बिबिसी हिन्दीको समाचारमा उल्लेख छ ।