NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युक्रेनको युद्ध रोक्न पुटिनका हर कुरामा सहमत हुन सकिँदैन : जर्मन चान्सलर

काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनको शान्तिका लागि पुटिनका सर्तहरू स्वीकार गर्न नसक्ने बताएका छन् ।

मंगलबार संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले भने– पुटिनले यो युद्ध जित्न असम्भव छ भन्ने कुरा नबुझेसम्म रुस र युक्रेनलाई विनाशको जोखिममा पार्न ‘साम्राज्यवादी महत्वाकांक्षा’ छाड्ने छैनन्।’

शान्तिका लागि रुसी सर्त स्वीकार गर्न तयार हुन नसकिने उल्लेख गर्दै उनले युक्रेन रुसी आक्रमणको सामना गर्न सक्षम हुनुपर्ने बताए ।

उनले युक्रेनमा जारी पुटिनको आक्रमण युरोपका लागि मात्र नभएर विधि र प्रक्रियाका आधारमा चल्ने विश्व शान्ति व्यवस्थाका लागि पनि विपत्ति भएको बताए ।

उनले संयुक्त राष्ट्र संघलाई आह्वान गर्दै भने– यो शान्तिपूर्ण व्यवस्थालाई ती व्यक्तिबाट जोगाउन जरुरी छ जो बलियाले निर्धामाथि शासन गर्ने व्यवस्था चाहन्छन् ।’

ताजा अपडेट

नेपालवाच विशेष