NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

डेंगु नियन्त्रणमा सरकार असफल भयो : एमाले

काठमाडौं । नेकपा एमालेले देशव्यापी फैलिएको डेंगु नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छन् । डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा एमाले स्वास्थ्य तथा जनसंख्या विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार २०७९ साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांक अनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् । स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगुुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ ।

साउन महिनामा नै व्यवस्थापिका संसदमा पार्टीका तर्फबाट माननीय सदस्यहरुले यस सवालमा ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरिएको भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको आरोप लगाएको छ ।

‘स्वास्थ्य संस्थामा विरामीहरूका लागि बेड छैन । हजारौंको संख्यामा विरामीहरू स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरूसमेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अति आवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष