NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको कदमले संसदको घोर अपमान भयो

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर संसदीय प्रणालीकै घोर अपमान गरेको निष्कर्ष निकालेका छन् ।

बुधबार बिहान बसेको गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राष्ट्रपतिको असंवैधानिक रहेको ठहर गर्दै यसले नेपाली नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हक गुमाएको गठबन्धनले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

तर, गठबन्धनमै आबद्ध दल राष्ट्रिय जनमोर्चा भने नागरिकता विधेयकको विपक्षमा छ । उसको भने हस्ताक्षर छैन ।

राष्ट्रपति भण्डारीले संविधानको प्रावधानअनुसार नागरिकता पारित नगरेको गठबन्धनका अधिकांश नेताले बताउँदै आएका छन् ।

No description available.