NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राजु श्रीवास्तवलाई मनोज गजुरेलले यसरी सम्झिए

काठमाडौं । नेपालका हाँस्य कलाकार मनोज गजुरेलले बुधबार निधन भएका भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवलाई सम्झिएका छन् ।

श्रीवास्तवसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै गजुरेलले लेखेका छन्, ‘स्वर्गमा बास होस् पिय राजु भैया !’

श्रीवास्तव र गजुरेल दुवै स्ट्याण्डअप कमेडियन हुन् ।

श्रीवास्तवलाई केही दिनअघि ब्रेन डेड भएको घोषणा गरिएको थियो ।

५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनी अगस्ट १० देखि अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन