NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

डी मारियाले दुई खेल खेल्न नपाउने

काठमाडौं । इटालियन क्लब युभेन्ट्सबाट खेल्ने अर्जेन्टाइन विंगर एंगेल डी मारियाामाथि दुई खेलको प्रतिबन्ध लगाएको छ ।

उनीमाथि इटालियन सिरी ए लिगले दुई खेल प्रतिबन्ध लगाएको हो ।

दुई दिनअघि सिरी एमा युभेन्टसले मोन्जासँग अवे मैदानमा खेल्दा विपक्षी खेलाडीलाई कुइनाले हानेपछि डी मारियाले रातो कार्ड खाएका थिए । समान्यतया, रातो कार्ड खाएपछि खेलाडीमाथि स्वतः एक खेल प्रतिबन्ध लाग्छ ।

यद्यपि, सिरी एले जानाजान विपक्षी खेलाडीमाथि हात हालेको निष्कर्ष निकाल्दै डी मारियामाथि थप एक खेल प्रतिबन्ध लगाएको हो ।

होण्डुरस र जमैकासँगका दुई मैत्रीपूर्ण खेलका लागि डी मारिया यतिबेला अमेरिकाका छन् । उनले अर्जेन्टिनाबाट भने खेल्न पाउँछन् ।

दुई मैत्रीपूर्ण खेलको तयारीमा मेसीसहितको अर्जेन्टिनी टोली (५ तस्बिरसहित)