NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो ।

सरकारले अहिले लिएको नीतिको कारण २०२३  आर्थिक वृद्धिदरमा केही संकुचन आउने अनुमान एडीबीले गरेको छ । त्यस्तै सरकारले आयातमा गरेको कडाइले पनि आर्थिक वृद्धिदरमा बाधा पु-याएकोएडीबीको विश्लेशन छ ।

आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उतपादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । कोरोना महामारीबाट थलिएर विस्तारै उठेको अर्थतन्त्रमा पुन:  डेंगु ज्वरो फैंलिदा त्यसलेसमेत नेपालको आर्थिक वृद्धिमा असर पुग्ने एडीबीको भनाइ छ ।