NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

उपराष्ट्रपतिले भने, ‘राष्ट्रपतिलाई संविधानबाहिर जाने छुट छैन’

काठमाडौं । संसदको दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकणरण नगरी म्याद सकिएपछि विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिको यो कदमविरूद्ध सत्ता गठबन्धन पनि एकजुट भएका छन् भने अर्कोतर्फ उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यो कदमको विरोध गरेका छन् ।

आज प्रेस विज्ञप्ती जारी गर्दै उपराष्ट्रपति पुनले संविधान दिवस मनाएको केही दिन पनि नबित्दै राष्ट्रपतिबाटै संविधान उल्लंघन भएको आशय प्रकट गरेका छन् । अझ संविधानको पालना र जिम्मेवारी पाएकाहरूबाटै संविधानको दायरा बाहिर जाने छुट नभएको उनको भनाइ छ ।

जनस्तरबाट पछिल्लो समय संविधानको पालना र संरक्षण हुन नसकेकोबारे आवाज उठ्ने परिस्थितीको सिर्जना हुनु नै दुःखद भएको उनले बताएका छन् । जारी विज्ञप्तीमार्फत उपराष्ट्रपति पुनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई सम्झेर संविधानको पालना र संरक्षण गर्न सबैमा आग्रह गरेका छन् ।