NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एनएमबि बैंक र सिप्रदीबीच सहकार्य

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ ।

जसमा ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले यो समझदारी गरेको छ । जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ । एनएमबिको यस कर्जा योजना, ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि [email protected]…मा ईमेल वा ०१–५९७०१५०/५२ मा सम्पर्क गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।