NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गठबन्धन दलमात्र होइन पूर्वराष्ट्रपति पनि खनिए राष्ट्रपतिको कदमविरुद्ध

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध खनिएका छन् ।

राष्ट्रपतिको कदमको सत्ता गठबन्धनमा आबद्ध चार दलहरूले विरोध गरिरहेका वेला पूर्वराष्ट्रपति यादवले पनि यसमा मिसिएका छन् ।

संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भनव शिलान्यास कार्यक्रममा आज बाल्दै पूर्वराष्ट्रपति डा. यादवले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकाले पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढेको बताए ।

उनले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गर्दै सबै निकाय संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सकेमात्र संविधानको रक्षा हुने बताए ।

दुई-दुई पटक दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गर्ने काम गरेको टिप्पणी गर्दै उनले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारका लागि विधेयक फिर्ता गर्न सक्ने अधिकार भए पनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गरे ।

यसअघि, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपतिको कदम असंवैधानिक भन्दै विरोध जनाएका थिए ।

उपराष्ट्रपतिले भने, ‘राष्ट्रपतिलाई संविधानबाहिर जाने छुट छैन’

सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको कदमले संसदको घोर अपमान भयो