NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दोस्रो एकदिवसीय क्रिकेट : हरमनप्रीत चम्किँदा इंग्ल्याण्ड हार्यो

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी हरमनप्रीत कौरको १४३ रनको मद्दतमा भारतले दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डलाई ८८ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको भारतले पाँच विकेट गुमाएर ३३३ रन बनाएको थियो । हरमनप्रीतले आफ्नो इनिङ्समा ११ चौका र चार छक्का प्रहार गरिन् । हरलिन देओलले ५८ रन जोडिन् ।

त्यसपछि ब्याटिङमा आएका इङ्ल्यान्डका ब्याट्सम्यानलाई आउट गराउन रेणुका सिंह ठाकुरले महत्वपूर्ण भूमिका खेलिन् । रेणुकाले ५७ रनमा चार विकेट लिइन् ।

इङ्ल्यान्डको पूरै टोली २४७ रनमा आउट भयो ।

ड्यानी भोइट र एमी जोन्सको जोडीले चार विकेट गुमाएर १६७ रन बनाएको थियो तर भोइटको विकेट खसेपछि इंग्ल्याण्डको इनिङ्स ध्वस्त भयो ।

अन्तिम चार खेलाडी मात्र १६ रनमै आउट भए ।

यो जितसँगै भारतले शृङ्खला २–० ले कब्जा गरेको छ । सन् १९९९ पछि भारतको इंग्ल्याण्डविरुद्धको यो पहिलो सिरिज हो।

हरमनप्रीतको शानदार पारी

पछिल्ला महिनाहरूमा, भारतीय टोली स्मृति मन्धाना र शफाली वर्माको ओपनिङ जोडीमा भर परेको छ।

तर यो खेलमा भारतले ९९ रन बनाएर तीन विकेट गुमाएको थियो । यसपछि हरमनप्रीतले ब्याटिङको मास्टर क्लास सुरु गरिन् ।

उनको राम्रो ब्याटिङले इंग्ल्यान्डका बलरलाई कुनै मौका दिन सकेन ।

जितपछि हरमनप्रीतले भनिन्, ‘जब म ब्याटिङ गरिरहेको थिएँ, विकेट त्यति सजिलो थिएन । मैले सुरुमा आरामसँग खेल्ने निर्णय गरें। तर क्रिजमा बसेपछि मैले स्वतन्त्र रूपमा खेल्न थालें।’