NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुडानमा बाढीबाट १४६ जनाको मृत्यु

खार्तोम । सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या एक सय ४६ पुगेको छ भने अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।

सो काउन्सिलले सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । हालै आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ ।

उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्‍याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षतिसमेत पुर्‍याएको छ ।

यो बाढीबाट गएको जुन महिनादेखि कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष