NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रुकुम पूर्वमा यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ बढी घाइते

काठमाडौं । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल खसेकाे हाे ।

दुर्घटनामा १२ परी जनाभन्दा बढी यात्रु घाइते भएका छन् । उद्दारका लागि अहिले प्रहरी घटनास्थलतर्फ गएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।